नवौं राष्ट्रिय खेलकुदका पदक विजेता नगदसहित सम्मानित

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०७९

काठमाडौँ । पोखरा महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ।

राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय ९२ जनालाई सम्मान गरेको हो ।

स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मान सहित क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । यसैगरी ३६ टोली व्यवस्थापक र ४०  प्रशक्षिकलाई समेत सम्मान गरिएको थियो ।

महानगर प्रमुख धनराज आचार्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे । खेलाडीको खेलजीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न  महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको र खेलमार्फत पनि पर्यटन प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माण गरिने बताएका छन् ।


Published :कार्तिक २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media