रसुवा १ बाट कांग्रेसका आचार्य फराकिलो मतान्तरले निर्वाचित

राष्ट्रपाटी न्युज

मंसिर ६, २०७९

काठमाडौं । रसुवाको प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका मोहन आचार्य फराकिलो मतान्तरले विजयी भएका छन् । उनी १८ हजार २३५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार छोवाङतेन्जिङ तामाङले ८६१४ मत ल्याए । आचार्यले निकटतम प्रतिद्वन्द्वी तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गरे ।


Published :मंसिर ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media