ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाको जित

राष्ट्रपाटी न्युज

मंसिर ६, २०७९

काठमाडौँ । ओखलढुंगाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् । खतिवडा र सुनुवारको मतान्तर ६ हजार ८१८ रहेको छ ।

ओखलढुंगाको प्रदेशसभा सदस्यमा ‘क’मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् ।


Published :मंसिर ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media