एमाले महासचिव पोखरेललाई हराउँदै दाङ-२ बाट माओवादीकी शर्मा विजयी

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई झण्डै दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेद्धार रेखा शर्मा विजयी भएकी छिन् ।

उनी १९६ मतान्तरले विजयी भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर विजयी भएकी हुन् । भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media