यु–१९ क्रिकेटः लुम्बिनी र बागमती प्रदेशको जित

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

काठमाडौँ । कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा बागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद् नतिजा निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा बागमतीले प्रदेशले मधेश प्रदेशमाथि १ सय ५२ रनको फराकिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान विशाल विक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रनको पारी खेले । यस्तै अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् ।

बलिङतर्फ कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १/१ विकेट लिए ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media