कतार विश्वकपः जापानमाथि कोष्टारिकाको १-० को जित  

राष्ट्रपाटी न्युज

मंसिर ११, २०७९

दोहा । फिफा विश्वकपको पहिलो खेलमा जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको जापान अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध १–० ले स्तब्ध बन्यो ।

यससँगै समूह ‘ई’अन्तर्गत आइतबार कोस्टारिकासँग पराजित भएपछि एसियाली मुलुक जापानले एक खेल अगावै अन्तिम १६ मा पुग्ने मौका गुमाएको छ।

तुलनात्मकरूपमा बलियो देखिएको जापानविरुद्ध कोस्टारिकाले स्पष्ट मौका बनाउन सकेन । पहिलो खेलमा स्पेनविरुद्ध ७–० को फराकिलो पराजय भोगेको कोस्टारिका नकआउट प्रवेशको सम्भावना जिवित राख्न यो खेल जित्नै पर्ने दबाबमा थियो ।

पोसेसनमा जापानविरुद्ध संघर्षरत कोस्टारिकाले एक पटक मात्रै पोस्टमा प्रहार गर्ने मौका पाएको थियो। निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट मात्रै बाँकी रहँदा पाएको त्यो मौकामा कोस्टारिकाका फरवार्ड किशेर फुलेर चुकेनन् ।

कोस्टारिकाका मिडफल्डर येल्टसिन टेजेडाले दिएको पासलाई सदुपयोग गर्दै फुलेरले अग्रता दिलाएका थिए।

पहिलो खेलमा स्पेनसँग ७–० को फराकिलो अन्तरमा पराजित भएको कोस्टा रिकाले जितसँगै अन्तिम १६ प्रवेशको सम्भावना कायम राखेको छ। पहिलो खेलबाट तीन अंक जोडेको जापानको पनि सम्भावना बाँकी छ। जापानले अन्तिम खेलमा स्पेनसँग खेल्ने छ भने कोस्टारिका जर्मनीसँग भिड्नेछ ।


Published :मंसिर ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media