कतार विश्वकपः मोरक्कोद्वारा बेल्जियम २-० ले स्तब्ध

राष्ट्रपाटी न्युज

मंसिर ११, २०७९

दोहा । विश्व बरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलको नतिजामा पराजित भएको छ। अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग स्तब्ध भएको हो ।

चार वर्षअघि रुसमा तेस्रो भएको बेल्जियमले विश्वकपमा अफ्रिकी मुलुकसँग भोगेको यो पहिलो पराजय हो। यसअघि सन् २०१८ मा अफ्रिकी टिम ट्युनिसियालाई ५–२ को नतिजामा पराजित गरेको थियो।

त्यस्तै सन् २०१४ विश्कपमा पनि अल्जेरियलाई २–१ ले पराजित गरेको बेल्जियमले १९९४ मा मोरक्कोलाई १–० ले हराएको थियो। मोरक्कोले सोही हारको बदला लिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। रोमाञ्चक खेलमा बेल्जियम पाएका अवसर सदुपयोग गर्न नसक्दा हारबाट जोगिएन ।

निर्धारित ९० मिनेटसम्म लगातार सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा बेल्जियम दुर्भाग्यशाली साबित भयो। बेल्जियमले गरेका १० प्रहार मोरक्कोले विफल बनाएको थियो।

इन्जुरी समयमा अगाड बढेर आक्रामक बनेको बेल्जियमको रंक्षापंक्ति खुकुलो भएको थियो। बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्यो।

हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा शकारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जित सुनिश्चत गरे। पहिलो हाफको इन्जुरी समयमा जिएचले फ्रि–किकमार्फत गरेको गोल अफसाइडका कारण रेफ्रीले रद्द गरिदिएका थिए।

पहिलो खेलमा क्यानडालाई १–० ले पराजित गरेको बेल्जियले समूह चरणको अन्तिम खेलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले क्यानडाको सामना गर्नेछ।

आइतबार नै भएको समूह ‘ई’को खेलमा जापान कोस्टारिकासँग १–० गोलको नतिजामा पराजित भएको थियो ।


Published :मंसिर ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media