प्याब्सकले यही मङ्सिर २० र २१ गते अन्तर बिधालय फ़ुट्सल प्रतियोगिता आयोजना गर्ने

राष्ट्रपाटी न्युज

१३ मंसिर २०७९

काठमाडौँ। निजि तथा आबासीय बिधालय संगठन काठमाडौँ (प्याब्सक) ले यही आउँदो मङ्सिर २० र २१ गते अन्तर बिधालय फ़ुट्सल प्रतियोगिता (प्याब्सक कप) २०२२ आयोजना गर्ने भएको छ। चाबहिल चुच्चेपाटी स्थित भाटभटेनि फ़ुट्सल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिता मङ्सिर २० गते बिहान ८ बजे शुरु हुनेछ।

काठमाडौँ उपत्यकाका बिभिन्न बिधालयले सहभागिता जनाउने उक्त प्रतियोगितामा प्रवेश गर्न एक समुहले ३,००० रुपैया शुल्क बुझाउनुपर्ने छ भने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहलाई क्रमश १०,००० , ५,००० तथा ३,००० रुपैया पुरस्कार सहित शिल्ड, मेडल एबम प्रमाणपत्र वितरण गरिने प्रतियोगिता आयोजक कमिटिका संयोजक राजु पुडासैनीले जानकारी दिएका छन्।

 

 


Published :१३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media