एकीकृत समाजवादीमा प्रवेश गरे दिपक मनांगे

राष्ट्रपाटी न्युज

मंसिर १९, २०७९

काठमाडौं । मनाङ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्य विजयी बनेका राजीव गुरुङ (दिपक मनांगे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ‍ प्रदेश सभा-२बाट निर्विरोध निर्वाचित भएका थिए । गुरुङले आज एक वक्तव्य जारी गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् ।

उनले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै अघि बढ्नु उपयुक्त हुने ठहर गर्दै पार्टी प्रवेश गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

गुरुङलाई नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । उनले मनाङ प्रदेश सभा २ बाट विजयी गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

 


Published :मंसिर १९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media