आज देशभरको मौसम सफा रहने

राष्ट्रपाटी न्युज

मंसिर २०, २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज(मंगलबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।

यस्तै तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Published :मंसिर २०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media