फिफा विश्वकपमा आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोको भिडन्त

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत शनिबार (आज) तेस्रो स्थानका खेल हुँदेछन् । जसमा क्रोएसिया र मोरक्को भिड्दै छन् ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल आज राति ८ः४५ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएका क्रोएसिया र मोरक्को तेस्रो स्थानको लागि भिड्न लागेका हुन् ।

सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको थियो भने मोरक्को फ्रान्ससँग २-० गोल अन्तरले पराजित भएको थियो ।

जारी विश्वकपमा समूह चरणमा एकै समूहमा रहेका क्रोएसिया र मोरक्को विश्वकपमा दोस्रो पटक भिड्न लागेका छन् । यसअघि क्रोएसिया र मोरक्कोले समूह चरणको खेलमा गोल रहित बराबरी खेलेका थिए ।

विश्वकपको फाइनल खेल भने आइतबार राति ८ः ४५ बजेबाट सुरु हुनेछ । विश्वकपको उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्ने छन् ।


Published :पुस २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media