नेपाल टी-२० लिग विवाद अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल टी-२० लिगका भइरहेको विवादका विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको हो।

समितिको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । समितिले १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउने छ ।

बुधबार बसेको बैठक परिषद्को बैठकले विदेशी खेलाडीहरूको श्रम स्वीकृती एवं प्रतियोगिता सञ्चालनको सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान)सँग आवश्यक प्रमाण कागजात माग गरेको छ ।


Published :पुस २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media