नेपाल टी २० लिगमा फार वेस्टद्वारा पोखरा ४१ रनले पराजित

काठमाडौं । फार वेस्टर्न युनाइटेडसँग ४१ रनले पराजित भएसँगै पोखरा एभेन्जर्स नेपाल टी २० लिगको समूह चरणबाटै बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले पाँच विकेटको क्षतिमा एक सय ८७ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले १८.१ओभरमा सबै विकेट गुमाएर एक सय ४६ रन मात्रै बनाउन सक्यो ।

हारसँगै नेपाल टी २० लिगमा पोखराको यात्रा समाप्त भएको छ । फार वेस्ट यसअघि नै बाहिरिइसकेको थियो । लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सले पहिलो क्वालिफायर खेल्ने भएका छन् । यस्तै, काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स इलिमिनेटरमा भिड्ने छन् ।

 


Published :पुस २३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media