नेपाल टी २० लिगः जनकपुरलाई ६ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौं । जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ४३ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले सात विकेट गुमाएर एक सय ३७ रन मात्रै बनाउन सक्यो ।

समूह चरणबाट शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफमा आइपुगेको छ । जनकपुरले पनि  दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । जनकपुरले भोलि हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको इलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।


Published :पुस २४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media