क्रिकेटर लामिछाने आज थुनामुक्त हुने

काठमाडौं । बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदै छन्। उच्च अदालत पाटनले सन्दिपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

द्दाको पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिल्ला अदालत काठमाडौंको आदेश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार बदर गरेको हो।

लामिछानेका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार लामिछानेका अनुसार शुक्रबार थुनामुक्त हुनेछन्। शुक्रबार अदालत खुलेसँगै धरौटी रकम बुझाउने प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

धरौटीको हकमा नगद वा सोबराबरको बैंक जमानत राख्न अदालतले भनेको छ । उक्त रकम बुझाए सर्तहरूको अधिनमा रही लामिछानेलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।


Published :पुस २९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media