पहिचान नभएका शव सेनाको हेलिकोप्टरबाट ल्याइयो काठमाडौँ

काठमाडौँ । यती विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ। पोखरास्थित गण्डकी अस्पतालबाट पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिए पनि पहिचान नभएका शवहरु काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका शवहरु सुरुमा शिक्षण स्वास्थ्य अस्पताल, महाराजगन्जमा राखिने बताइएको छ।
आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।


Published :३ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media