राप्रपाको प्रमुख सचेतक ज्ञानेन्द्र शाही

काठमाडौं ।​​​​​​​ राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त भएका छन् । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
जुम्लाबाट जितेर आएका शाही मन्त्रीका आकांक्षी थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।
राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् । आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै असन्तुष्ट शाहीलाई अध्यक्ष लिङ्देनले प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन ।


Published :४ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media