सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । सुदूरपश्चिमले शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराएको हो ।

पुस २९ देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफको सहभागिता थियो । सुदूरपश्चिमले अपराजित रहँदै प्रतियोगिता जितेको हो । सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरेको थियो ।

सुदूरपश्चिमकी कविता कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन् ।


Published :७ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media