आइसीसी स्पिरिट अफ क्रिकेटको अवार्ड आसिफ शेखलाई दिने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेखले आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । विश्व क्रिकेटको नियामक निकायले आज आसिफलाई विजेता घोषणा गरेको हो।

आसिफले गत वर्ष फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको खेलमा नेपाली बलरसँग ठोकिएर लडेका एन्डी म्याकब्राइनलाई रन आउट गरेका थिएनन् । सोही ‘इन्सिडेन्ट’का कारण उनले क्रिकेटको स्पिरिटलाई कायम राखेको ठम्याउँदै आइसीसीले उनलाई विजेता घोषणा गरेको हो।

आसिफ नेपालबाट यो अवार्ड जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । नेपाली राष्ट्रिय टिमका ओपनर आसिफ विभागीय टिम एपीएफबाट खेल्दै आएका छन् । गत महिना सम्पन्न नेपाल टी-२० लिगमा आसिफले पोखरा एभेन्जर्सबाट खेलेका थिए ।


Published :माघ १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media