स्पेनिस ला लिगामा मड्रिडको जित, भ्यालेन्सिया २-० गोलले पराजित 

काठमाडौँ । रियल मड्रीडले स्पेनिस ला लिगा फुटबलमा रियल भ्यालेन्सियाविरुद्ध जित निकालेको छ ।

गए राति भएको खेलमा मड्रीडले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो।मड्रीडको जितमा मार्को एसेन्सियो र भिनियस जुनियरले एक एक गोल गरे।

खेलको ५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै मड्रीडलाई सुरुवाती अग्रता दिलाए भने त्यसको दुई मिनेटपछि भिनियसले अग्रतालाई दोब्बर बनाए।

त्यस्तै खेलको ७२ मिनेटमा ग्याब्रियल पुलिस्ताले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो।

यस जितसँगै मड्रीडले लिगमा बार्सिलोनासँगको अंक दूरी घटाएको छ। मड्रीड १९ खेलमा ४५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। बार्सिलोना १९ खेलमा ५० अंक जोड्दै अंक शीर्षस्थानमा रहेको छ ।


Published :माघ २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media