राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछानेको सहभागिता

काठमाडौं । बलात्कारको मुद्दामा पक्राउ परेर धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

गत भदौमा एक नाबालिगलाई बलात्कार गरेको आरोपमा असोजमा पक्राउ परेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा सशर्त छुटेका थिए ।

गत मंगलबार पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाटिको निलम्बन फुकुवा गरेको थियो । उनको निलम्बन फुकुवासँगै बिहीबार राति क्यानले अर्को महिना हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा सन्दीपको पनि नाम थियो । सोही अनुसार आजदेखि सुरु भएको दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप सहभागी भएका हुन् ।

 


Published :माघ २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media