साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ ।

बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित भएको हो ।

नेपाल दोस्रो पटक उपविजेता बनेको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यस संस्करणमा नेपाल बंगलादेशसँग दुई पटक पराजित भयो । चार राष्ट्र सहभागी च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।


Published :२६ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media