सरकार ढाल्ने अनेक षड्यन्त्र भइरहेको एमाले अध्यक्ष ओलीको दाबी 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

आइतबार झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन् ।

सरकारलाई काम गर्न नदिने तत्वहरू सक्रिय रहेको उनले बताए । ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।

उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालामा विकासका धेरै कामहरू भएको बताए ।


Published :२९ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media