रोहित पौडेलको ओडीआई क्रिकेटमा एक हजार रन पूरा

राष्ट्रपाटी न्युज

फाल्गुन २, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
आज नामिबियाविरुद्धको खेलमा उत्कृष्ट अर्धसतक प्रहार गर्दै उनले सो रेकर्ड बनाएका हुन् ।

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ ।


Published :फाल्गुन २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media