आईसीसी विश्वकपमा स्कटल्याण्डमाथि नेपालको शानदार जित, स्कटल्याण्ड ३ विकेटले पराजित 

राष्ट्रपाटी न्युज

फाल्गुन ५, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्याएको हो ।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डमाथि विजयी हासिल गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।


Published :फाल्गुन ५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media