अबको केही दिनमा पुरानै गठबन्धन ब्युँतिन्छः कांग्रेस महामन्त्री शर्मा

राष्ट्रपाटी न्युज

७ फाल्गुन २०७९

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने, “राष्ट्रपति कांग्रेसले उम्मेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।”

महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वाभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती ग-यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताउए । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उनको भनाइ थियो ।


Published :७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media