नेपालसामु स्कटल्याण्डद्वारा २१३ रनको चुनौती

राष्ट्रपाटी न्युज

फाल्गुन ९, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १-१ विकेट लिएका छन् ।

केही बेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ ।.


Published :फाल्गुन ९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media