केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिपको अध्यक्ष ओलीद्वारा ‍उद्घाटन (फोटो फिचर)

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०७९

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसिपको उद्घाटन गरेका छन् ।

प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ ।

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।

 


Published :११ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media