सन्दीप लामिछानेलाई युएई भ्रमणमा रोक

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०७९

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने युएई भ्रमणमा सहभागी हुन नपाउने भएका छन् । सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो ।

लामिछानले विश्वकप लिग-२ अन्तर्गतको खेलमा सहभागी हुन भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्वपूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए ।

उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो । नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।


Published :फाल्गुन १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media