नेपालद्वारा सिंगापुर ९६ रनले पराजित

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०७९

काठमाडौँ । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । नेपालले यूएईको अजमानमा टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो ।

जवाफमा आएको सिंगापुरले इडेन गार्डेन ओभल मैदानमा ७ विकेट गुमाई १ सय ६५ रनमात्र बनाउन सक्यो । नेपाली बलिङसामु निकै दबिएर खेलेको सिंगापुरबाट आर्यन मोदीले सर्वाधिक ५८ रन बनाए । त्यसका लागि उनले १ सय बल खेली २ चौका प्रहार गरे । त्यस्तै सिद्धान्त श्रीकान्तले ८० बल खेली १ चौका र १ छक्कासहित ४४ रन बनाए । नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्नेछ ।


Published :फाल्गुन १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media