कुवेतमाथि नेपालको २ सय ४३ रनको शानदार जित

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०७९

काठमाडौं । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ।

युएईको मलेक क्रिकेट ग्राउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भएको हो ।

ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८)  मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ मा खेल्नेछ । यू -१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।


Published :१३ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media