केपी ओली कप फुटबलको उपाधि मछिन्द्रलाई

राष्ट्रपाटी न्युज

फाल्गुन १७, २०७९

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ।

सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा ५-३ ले मछिन्द्रले उपाधि जितेको हो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेला ट्राइब्रेकरमा पुगेको थियो।

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा अर्को विभागीय महारथी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सातदोबाटो पहिलो संस्करणको फाइनलमा पुगेको हो। यस्तै, पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको थियो।

आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको थियो।

उपाधि बिजेता मछिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले पाँच लाख नगद प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० प्रदान गर्ने आयोजकले जनाएको छ।


Published :फाल्गुन १७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media