क्यानले यु-१९ क्रिकेट टोलीका प्रत्येक सदस्यलाई एक-एक लाख दिने

राष्ट्रपाटी न्युज

१८ फाल्गुन २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ क्रिकेट टोलीका सदस्यहरूलाई एक-एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । युएईविरुद्ध सनसनी जित निकाल्दै विश्वकप पुगेको युवा टोलीलाई क्यानले जनही एक लाख दिने घोषणा गरेको हो ।

क्यानले सरकारसँग आवश्यक सहयोग र पहलकदमी लिन आग्रह गर्ने जनाएको छ। क्यानले सामाजिक सञ्जालमार्फत् यो घोषणा गरेको हो ।

युएईविरुद्ध सात रनको जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यु-१९ विश्वकपमा छनोट भएको हो। यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले घरेलु टिमसामु एक सय ९२ रनको योगफल तयार गरेका थियो । जवाफी ब्याटिङमा उत्रिएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन मात्रै बनाउन सक्यो ।


Published :१८ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media