आईसीसी विश्वकप लिग-२ मा नेपालद्वारा पीएनजी ३ विकेटले पराजित

राष्ट्रपाटी न्युज

१९ फाल्गुन २०७९

काठमाडौं । आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालको जित भएको छ । युएईमा भइरहेको आईसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपाल तीन विकेटले विजयी भएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफले अविजित ८६ रन बनाए। आठौं विकेटका लागि क्रिजमा आएका सन्दीप लामिछानेले उत्कृट साझेदारी खेलेपछि नेपालको विजयी सुनिश्चित भएको हो। लामिछानेले ३५ रन बनाएर अविजित रहे ।

त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन्। मल्लले २३ रन बनाएका थिए। टस जितेर ब्याटिङ गेरको पीएनजीले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ ।

 


Published :१९ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media