प्रचण्डविरुद्ध सर्वोच्चमा पेस भएको रिट निवेदन दर्ता गर्न आदेश

राष्ट्रपाटी न्युज

२० फाल्गुन २०७९

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो । यसअघि सर्वोच्चमा दायरका लागि प्रस्तुत गरिएको रिट निवेदन प्रशासनले दरपीठ गरेको थियो । यो विषय नियमित अदालतमा नभई सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रअन्तर्गत पर्ने भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । उक्त दरपीठ आदेशविरुद्ध सर्वोच्च अदालतमा अर्को निवेदन परेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको इजलासले उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो ।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । व्यक्ति हत्यामा संलग्नको पहिचान गर्न कठिनाइ भइरहेका बेला पाँच हजार व्यक्तिको हत्याको जिम्मा आफूले लिन्छु भनेको प्रचण्डको सन्दर्भसमेतलाई उल्लेख गर्दै उनीहरूले यसका अलावा द्वन्द्वकालमा गरिएको सम्पत्ति लुटपाट विस्थापन बेपत्तालगायत सबै घटनाको जिम्मेवारी प्रचण्डले लिनुपर्ने जिकिर गरेका छन् ।


Published :२० फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media