मौसम पूर्वानुमानः देशका पहाडी क्षेत्रमा वर्षा हुने

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७९

काठमाडौं । बुधबार(आज) दिउँसो देशका पहाडी क्षेत्रमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :२४ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media