बूढानिलकण्ठ नगरपालिकाले नमुना पालिका युवा संसद स्थापना गर्ने

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाले नमुना पालिका युवा संसद स्थापना गर्ने भएको छ। उक्त नमुना पालिका स्थापनाको लागि अभ्यास कार्यक्रममा सहभागी हुन युवाहरुलाई नगरपालिकाले आव्हान गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले सुचना जारी गर्दै नगर युवा परिषदको आयोजनामा हुने सो कार्यक्रममा १६ बर्ष देखि २४ बर्ष सम्मका युवाहरुलाइ प्रत्यक वडा बाट ३ /३ जनाको दरले सहभागी हुनका लागि अनुरोध गरेका छन् ।

कार्यक्रमका उद्देश्यहरूको वारेमा राष्ट्रपाटि डट कमसंग बिशेष कुराकानी गर्दै बूढानिलकण्ठ युवा परिषदका कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले कार्यक्रम उपलब्धिमुलक हुने जानकारी दिएका छन्। उनका अनुसार उक्त कार्यक्रमबाट युवाहरूलाई राज्य संचालन तथा संसदिय प्रक्रिया बारे जानकारी गराउने, नमुना नगर सभा स्थापना गरी स्थानीय सरकार संचालनको अभ्यास गराउने, युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने लगायत महत्वपूर्ण उदेश्यहरु पुरा हुनेछन्।

नगरपालिका, सार्वजनिक सरोकार र समुदाय प्रति जवाफदेही युवाहरू तयार गर्ने मुख्य उदेश्य सहितको कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउन उनले सरोकारवाला सबैलाई अनुरोध गरेका छन्।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media