विश्वकप क्रिकेट लिग २ को अन्तिम शृंखलामा पिएनजी ९५ रनमा अलआउट

राष्ट्रपाटी न्युज

फाल्गुन २९, २०७९

काठमाडौं । सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पिएनजी ९५ रनमा अलआउट गरेको छ । नेपालका सशक्त बलिङ गरेका सन्दीपले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिए ।

टस जितेर फिल्डिङ थालेको नेपालले ३२औं ओभरमा पीएनजीको पूरै टिमलाई पभिलियन फर्काएपछि ९६ रनको झिनो लक्ष्य पाएको छ ।

नेपालका लागि ललित राजवंशीले सात ओभरमा १३ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। यस्तै, कुशल मल्लले तीन ओभरमा ६ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए । पाँच ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले दुई मेडनसहित एक विकेट लिए ।


Published :फाल्गुन २९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media