बूढानिलकण्ठ नगरपालिकामा मोबाईल फोन मर्मत, कम्प्युटर टेक्निसियन र प्लमबर तालिम दिइने

काठमाडौं। बूढानिलकण्ठ नगरपालिकामा मोबाईल फोन मर्मत, कम्पयुटर हार्डव्येर टेक्निसियन र प्लमबरको प्राविधिक तालिम संचालन हुने भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी शिक्षालयद्वारा आर्थिक वर्ष २०७९/०८० को लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद बागमती प्रदेश कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न व्यवसायका तालीमहरु नि: शुल्क रुपमा संचालन हुन लागेको हो ।

तालिममा सहभागि हुनका लागी यहि चैत्र ०६ गते भित्र नेपाली नागरिकताको प्रतिलिपी र एक प्रति पासपोर्ट साईजको फोटो सहित कार्यालय समय भित्र रीतपूर्वक फाराम भर्न पर्ने सुचनामा उल्लेख गरिएको छ ।


Published :१ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media