काँग्रेस संसदीय दल बैठकः प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आईतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्ने विश्वासको मतको प्रश्तावको पक्षमा रहने स्पष्ट पारे ।

उनले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै काँग्रेस सरकारमा सहभागी हुने बताए ।

बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ ।


Published :५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media