काठमाडौं । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले रिक्त दुई स्थानमा बैशाख १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो ।
तनुहँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुई स्थान रिक्त भएका थिए ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले २०८० बैशाख १० गते निर्वाचन हुने जानकारी दिए । यसअघि चितवन २ मा पनि बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको थियो ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उक्त क्षेत्र रिक्त भएको थियो ।