काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको बताएका छन् ।
रास्वापाले गरेको पत्रकार सम्मेलनमा राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको बताएका हुन् ।
लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ।’
स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उनले बताए । लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।