उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिने

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७९

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
त्यस्तै उम्मेदवारी फिर्ता लिने चाहेमा चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्ममा फिर्ता लिने सकिने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न २३ गते नै प्रदान गरिने आयोगले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशत पनि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।


Published :२१ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media