ओलम्पिक छनोटमा नेपाल पराजित

राष्ट्रपाटी न्युज

चैत्र २२, २०७९

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग ५-१ गोल अन्तरले पराजित भएको छ ।

काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भएको हो ।

घरेलु टिमविरुद्ध भियतनामले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुई गोल थपेको भियतनामले एक गोल खायो ।

नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरिन् । खेलमा नेपाली खेलाडीले केही मौका पाए पनि गोल गर्न सकेनन् ।

नेपाली महिला टिमले खेलेको सबैभन्दा उच्च वरीयताको टिम नै भियतनाम हो। नेपाल फिफा वरीयताको १००औं स्थानमा छ। भियतनाम ३३औं स्थानमा छ ।


Published :चैत्र २२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media