महिला फुटबलको छनोट चरणबाटै बाहिरियो नेपाल

राष्ट्रपाटी न्युज

चैत्र २५, २०७९

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपालको यात्रा पहिलो चरणबाटै समाप्त भएको छ।

समूह ‘सी’ मा रहेको नेपाल शनिबार भियतनामसँग २-० ले पराजित भएसँगै नेपाल पहिलो चरणबाटै बाहिरिएको हो । नेपाल भियतनामसँग समग्रमा ७-१ ले पराजित हुँदै छ्नोटबाट बाहिरिएको हो।

यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग ५-१ ले पराजित भएको थियो। नेपाललाई दुवै खेलमा पराजित गरेको भियतनाम भने छ्नोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

नेपाल र भियतनाम समूह ‘सी’मा छन्। यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए।

तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यी दुई टिमबीचको पहिले खेल चैत २२ गरे भएको थियो ।


Published :चैत्र २५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media