शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ६५ करोड बढीको कारोबार

राष्ट्रपाटी न्युज

३० चैत्र २०७९

काठमाडौं । आर्थिक वर्ष २०७९ को अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ९२.२२ अंकले  वृद्धि भएको थियो । नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ ।

आज २७० कम्पनीको  ४९ लाख १० हजार २६० कित्ता सेयर १ अर्ब ६५ करोड १६ लाख ६६ हजार २९६ रुपैयाँमा खरिदबिक्री भयो । बुधबार १ अर्ब ७ करोड ६० लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय,कालिञ्चोक दर्शन र मोलंग हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधार शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको  ८ करोड ४२ लाख ३७ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भयो। यस्तै हिमालयन डिस्टिलरीको ५ करोड ९१  लाख र एनआईसी बैंकको ५ करोड र ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएका १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन् । यसदिन  डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक २.४८  र मनु  एन्ड प्रोको २.३३ प्रतिशतले ओरालो लाग्यो ।


Published :३० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media