रवि लामिछानेका चालक घरको छतबाट खसेर गम्भीर घाइते

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८०

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् । सो घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको बताइएको छ ।

कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् । लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।


Published :बैशाख ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media