अध्यक्ष ओलीमाथि आक्रमणको निन्दा, शान्तिसुरक्षाबारे प्रधानमन्त्रीको जवाफ माग

राष्ट्रपाटी न्युज

बैशाख १४, २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका आक्रमणका प्रयासको निन्दा गरेका छन् । शुक्रबार संसदमा बैठकमा बोल्दै उनले अध्यक्ष ओलीमाथि अहिले पनि आक्रमणको तयारी भइरहेको दाबी गरे ।

उपाध्यक्ष पौडेलले तेह्रथुम र ताप्लेजुङमा आक्रमणको तयारी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारले जनतालाई शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए। उनले गृहमन्त्रीको प्रवचनले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए ।

‘गृहमन्त्रीले दिएको जानकारीले पुगेन । हामीलाई उहाँको प्रवचन होइन । शान्ति सुरक्षा चाहिएको हो । यसबारे प्रधानमन्त्री आएर सदनमा भन्नुपर्‍यो । देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ कि सक्दैन? जनतालाई सुरक्षा प्रदान गर्न सक्छ कि सक्दैन?,’ उनले प्रश्न गरे।

उनले देशमा अपराधिक गतिविधि बढिरहेका बेला सरकारले गर्न खोजेको के भन्दै प्रश्न गरे ।


Published :बैशाख १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media