देशको वर्तमान अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाह चिन्तित

राष्ट्रपाटी न्युज

२० बैशाख २०८०

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले सबै मिलेर देशको अवस्था सुधार गर्न आह्वान गरेका छन् ।

बुधबार नेपालगञ्जमा सम्बोधन गर्दै उनले राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आह्वान गरे । उनका अनुसार देशको वर्तमान अवस्था देख्दा दुःख लाग्छ । यस्तै शाहले देश परनिर्भर बन्दै गइरहेको भन्दै चिन्ता प्रकट गरे ।

अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने बेला आएको उनले बताए । नागरिक अभिनन्दन गर्न आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपालगञ्जजस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको पनि अनुभव सुनाए ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिवन्दले हामीबाट केही समय गुमे पनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको स्मरण पनि पूर्वराजा शाहले गरे ।

लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश हुँदा आफूलाई दुःख लागेको बताए ।

उनले आफ्नो नारा जहिले पनि देश बनाउँ- देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताए । पूर्वराज परिवार अहिले पश्चिम यात्रामा निस्किएको छ ।


Published :२० बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media