बाजुरामा ४.१ रेक्टरस्केलको भूकम्प

राष्ट्रपाटी न्युज

बैशाख २१, २०८०

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।


Published :बैशाख २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media